ताजा घटना

काठमाडौंमा एकै परिवारका चारजना बे’होस, एकको मृत्यु


२४ फाल्गुन २०७८, मंगलबार ००:००


काठमाडौँको रामकोटमा एकै परिवारका पाँच जनाले देहत्यागको प्रयास गरेको देखिएको छ । नागार्जुन नगरपालिका–६ रामकोट डाँडापौवास्थित दुईतले पक्की घरको दोस्रो तलामा फ्ल्याट भाडामा लिएर बसेका एकै परिवारका पाँच जना सोमबार राति ९.३० बजे बे’हो’स अवस्थामा भेटिएका हुन् ।

तीमध्ये ३३ वर्षीय सुवर्णमान प्रधानको उपचारका क्रममा मनमोहन अस्पताल स्वयम्भूमा गए राति १०.३० बजे मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । यस्तै ६२ वर्षीया इन्दिरामाया प्रधान, ३८ वर्षीय भीममान प्रधान, ३५ वर्षीया मन्दिरा प्रधान र ११ वर्षीया सुप्रिया प्रधान बोल्न नसक्ने अवस्थामा फेला परेको प्रवक्ता मैनालीले बताए ।

उनीहरुले वि’षादी औ’ष’धि से’व’न गरेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । परिवारमा के समस्या थियो भन्ने खुलिनसकेको उनले बताए। फ्लाटमा सबै जना ल’डि’रहे’का थिए, मुखमा फिँ’ज का’डि’र’हे’का थिए, फ्ल्याटमा सामानहरू यत्रतत्र असरल्ल थिए ।

घटनास्थलमा वि’ष’का प्याकेटहरू फेला परेको छ। तर, ती प्याकेटहरू के-कस्तो वि’ष’का हुन् भन्नेबारे अनुसन्धान भइरहेको छ। सा’मू’हि’क त’रि’का’ले देहत्याग गर्नका लागि वि’ ‘ष से’व’न ग’रे’को देखिएको । उनीहरु चारै जनाको मनमोहन अस्पताल स्वयम्भूमा उपचार भइरहेको प्रहरीले जनाएको छ । काठमाडौँ महानगरपालिका–१५ डल्लु घर भएका उनीहरु नागार्जुनमा भाडामा बस्दै आएका थिए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित : २४ फाल्गुन २०७८, मंगलबार ००:००