काठमाडौं,राजधानी काठमाडौंमा एकै परिवारका पाँच जना सदस्यले वि’ष से’वन गरी सामूहिक देहत्यागको प्रयास गरेका छन् । काठमाडौंको रामकोट नगरपालिका–६ स्थित एक घरमा सा’मूहिक वि’ष से’वन गर्नेमध्ये एक जनाको मृत्यु भइसकेको छ भने चार जना अ’चेत अवस्थामा रहेका छन् ।
अचेत अवस्थामा रहेका चार जनाको स्वयम्भूस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले बताए । गएरातिको घटना हो । विष से’व’न गर्ने पाँच जनामध्ये एक जनाको मृत्यु भइसकेको छ । चार जनाको मनमोहन अस्पतालमा उपचार चलिरहेको छ ।
सबै अ’चेत अवस्था हुनुहुन्छ र स्वास्थ्य अवस्था गम्भिर छ,’ प्रवक्ता राठौरले भने । अचेत अवस्थामा रहेकाहरुको भेन्टिलेटरमा राखेर उपचार भइरहेको उनले जनाए । उपचाररत् ६२ वर्षीय इन्दिरामाया प्रधान, उनका छोरा ३८ वर्षीय भीममान, बुहारी ३५ वर्षीया इन्दिरा र नातिनी ११ वर्षीया सुप्रियाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
काठमाडौंको डल्लुमा स्थायी ठेगाना भएका उनीहरु नागार्जुन नगरपालिका–६ रामकोटमा एक जनाको घरमा डेरागरी बस्दै आएका थिए । उनीहरुको कोठाबाट वि’षको ब’ट्टा र सु’साइट नो’ट स’मेत फेला परेको प्रहरीले जनाएको छ ।
नोटमा आर्थिक अवस्था विग्रेका कारण देहत्याग गर्नुपरेको उल्लेख गरिएको छ । ‘घटनाका विषयमा अनुसन्धान चलिरहेको छ । अहिले यही हो भन्न सक्ने अवस्था छैन,’ प्रवक्ता राठौरले भने ।भीममानले लेखेको सुसाइड नोट करिब १८/१९ पानाको रहेको एक प्रहरीले बताए ।
नोट डायरी जस्तो छ । विभिन्न मितिमा र हिजो पनि लेखेजस्तो देखिन्छ’, गिरीले भने । प्रहरीको प्रारम्भिक अनुसन्धानमा ६२ वर्षीय इन्दिरामाया क्यान्सरको बिरामी रहेको तथा भीममान र सुवर्णमानले मा’न’सि’क समस्याको औ’ष’धी से’वन गरिरहेको पाइएको छ ।
औ’षधि-उपचारका क्रममा परिवार आर्थिक सं’कटमा परेको हुन सक्ने प्रहरी प्रारम्भिक अनुमान छ । मृतक सुवर्णमान, भीमामानका दाइका छोरा हुन् । प्रहरीका अनुसार भीममानकी श्रीमती इन्दिराले सहकारीमा कलेक्टरको काम गर्ने गरेको भए पनि समयमा तलब नपाउने गरेको देखिएको छ ।











प्रतिक्रिया