ताजा घटना

बागबजारमा एक समूहले मरणासन्न हुनेगरी कुटेर रोशनको ह’त्या


६ चैत्र २०७८, आइतबार ००:००


काठमाडौंको बागबजारस्थित भक्तपुर बसपार्कमा कुटेर युवकको ह’त्या गरिएको छ । चैत ३ मा ५–६ जनाको समुहले कुटेर खोटाङ घर भएका २९ वर्षीय रोशन राईको ह’त्या गरेका हुन् । सार्वजनिक शौचालयमा पैसा उठाउने रोशन र अर्को एकजना युवकको बिचमा शुरुमा झगडा भएको थियो ।

झगडा गर्ने युवकले आफ्नो समूह बोलाएर रोशनलाई मरणासन्न हुनेगरी कुटेका थिए । उपचारको क्रममा रोशनको शुक्रवार ट्रमा सेन्टरमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले रातोपाटीलाई बताए । ह’त्यामा संलग्न युवकहरूबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : ६ चैत्र २०७८, आइतबार ००:००