ताजा घटना

घरमा कोही नभएको मौका छोपी गहना लुटपाट गरेर एक महिलाको ह’त्या


२४ चैत्र २०७८, बिहिबार ००:००


उदयपुरको त्रियुगा नगरपालिका–१३ बेहर्डवास्थित ६६ वर्षीया सुखरीदेवी चौधरीको ह’त्या भएको छ । घरमा कोही नभएको मौका छोपी गरगहना लुटपाट गरेर उनको गएराति ह’त्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । मृतक चौधरीलाई उनकै घरमा ओछ्यानमा ह’त्या गरी छाडेको पाइएको श्रीमान बच्चुलाल चौधरीले बताए ।

घरमा उनलाई मात्र छाडेर अन्य सदस्य बाहिर गएको मौकामा ह’त्या गरेको हुन सक्ने बताइएको छ । श्रीमतीलाई घरमा छाडेर गाईघाट बजार गएका बच्चुलाल घर फर्किदा सुखरीदेव मृत अवस्था फेला पारेको उनले बताए । दिउँसो गाउँमा भारतीय मुलको दुई जना कालो कपडा लगाउने अघोरी बाबा आएको स्थानीयबासीले बताएका छन् ।

घटना स्थलमा मृतकले लगाएको नाक, कानको गहना लुटपाटको अवस्थामा फेला पारेको थियो । मृतक चौधरीको शव राति नै प्रहरीले पोष्टमार्टमका लागि जिल्ला अस्पताल गाईघाट लगेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रकाशित : २४ चैत्र २०७८, बिहिबार ००:००