सोलुखुम्बु, सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा नेपाली कांग्रेसले सुर्य बहादुर कुलुङ राईलाई अध्यक्ष र विपना कुलुङलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ । नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय सदस्य सुर्य पुर्व जिल्ला सहसचिब समेत भइसकेका नेता हुन् ।
लामो समयदेखि कांग्रेसमा योगदान गरेका उनलाई यो पटक पालिका अध्यक्षको टिकट दिएको हो । उपाध्यक्षका उम्मेदवार विपना कुलुङ यसअघि पनि महाकुलुङ गाउँपालिकामा उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । महाकुलुङमा नेकपा एमालेले भक्त राई र शुभधनी राई, नेकपा माओवादी केन्द्रबाट सागर किराँतीलाई अध्यक्षको उम्मेदवार बनाएको छ ।











प्रतिक्रिया