ताजा घटना

ह’त्यापछि गाडेको अवस्थामा ३१ वर्षीया विनिताको शव फेला


१८ बैशाख २०७९, आइतबार ००:००


इलाम सदरमुकामस्थित इलाम नगरपालिका–८ मा महिलाको हत्या भएको छ । ह’त्यापछि गाडेको अवस्थामा ३१ वर्षीया विनिता काफ्लेको शव प्रहरीले उत्खनन गरेको छ । करिब ४ दिन पहिले गाडेको अवस्थामा शव भेटिएको इलामका एसपी महेन्द्र श्रेष्ठले बताए ।

मृतक काफ्ले इलाम नगरपालिका–८ स्थित सिमफिलीङकी हुन् । गाउँभन्दा तल जंगल छेउमा उनको शव भेटिएको छ । शव पोष्टमार्टमका लागि प्रहरीले अस्पताल पठाउने तयारी गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको एसपी श्रेष्ठले बताए ।

प्रकाशित : १८ बैशाख २०७९, आइतबार ००:००