मुख्य खवर

समयमै मल दिन नसकेको भन्दै सांसद किरातीले मागे किसानसँग माफी


१७ असार २०७९, शुक्रबार ००:००


नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम भोजपुरका सांसद सुदन किरातीले किसानलाई समयमै मल दिन नसकिएको भन्दै माफी मागेका छन् । भोजपुरको अरुण एकस्थित चम्पेको सिस्नेरीमा आयोजित धान दिवस कार्यक्रममा किसानसँग मल दिन नसकेमा माफी मागेका हुन् ।
यो वर्षाको समयमा मानो रोपेर मुरी फलाउने समय हो । यतिबेला हामीले किसानलाई समयमै मल दिन सकेनौ’ किरातीले भने, ‘मैले मल दिन नसकेकोमा खेतमै पुगेर किसानसँग माफी मागे । क्षमा दिनुस् भनेर आग्रह गरे ।’
आफूले आफ्नो तर्फबाट मल ल्याउन नसकेपछि नैतिकताका आधारमा जिल्लाका किसानसँग माफी मागेको किरातीले बताए । सोही धान दिवस कार्यक्रममा किरातीले ६ जना जेष्ठ महिलालाई चोलो, पछ्यौरी र छाता दिएका थिए भने ६ जना जेष्ठ पुरुषलाई दौरा सुरुवाल र टोपी दिएका थिए ।

प्रकाशित : १७ असार २०७९, शुक्रबार ००:००