१८,असार ,फालेलुङ पाँचथर फालेलुङमा पहिरोमा परि ३ जनाको बेपत्ता भएको छ भने एकजनाको सफल उद्वार गरिएको छ।
फालेलुङ गाउँपालिक वडा नं: ७ बिहिदिनमा स्थानिय दल प्रसाद मगरको ढुंगा माटो र काठले बनेको ३ तल्ले टिनको छानो भएको घर र गाईगोठ सहित ३ जना बेपत्ता भएका छन।

पहिरोमा बेपत्ता भएका ७१ बर्षिया दल प्रसाद मगरलाई सकुशल उद्दार गरीएको छ भने निजको छोरा वर्ष ४२ को दल प्रसाद मगर, बुहारी ३८ वर्षीया गोमा मगर र भतिजी १९ वर्षिया एलिसा मगर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक राकेश थापाले जानकारी दिनुभयो ।
अहिले घटना्स्थलमा प्रहरी,स्थानीय,विभिन्न राजनीतिक दलका प्रतिनिधि हरु द्वारा खोजी कार्य जारी रहेको छ।
१८ असार २०७९, शनिबार ००:००











प्रतिक्रिया