काठमाडौं । माहाकुलुङ अनलाइन मिडियाका अध्यक्ष तथा संचालक अजय अलङकार कुलुङ लाई पितृ शोक परेको छ ।
बिगत लामो समय देखि अनलाइन मिडिया तथा टेलिभिजनमा कार्यरत रहि आफै संचालन गर्दै आउनुभएका कुलुङ बिगत केही महिना देखि आफ्नो बुवाको स्वास्थमा खराब भइ हेरचाहमा लागि पर्नु भएको थियो ।

उहाको बुवाको स्वास प्रस्वासमा खराबी आएको थियो । आफ्नै जन्म थलो सोलुखुम्बुको माहाकुलुङमा उहाको बुवा बिरामी पर्नु भएको थियो ।
पत्रकार तथा गायक कुलुङका बुबा अम्बेर बहादुर कुलुङ ७९ बर्षको उमेरमा गत शुक्रबार दिनको ३ बजेतिर वीर अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

मृतक कुलुङको गत शनिबार पशुपति स्थित बनकालीमा कुलुङ संस्कार अनुसार अन्त्येष्टि गरिएको छ । कुलुङको कलेजो तथा ब्रेनमा समस्या भई केएमसी हुँदै वीर अस्पतालमा उपचार चलिरहेको थियो।

अलङ्कार नेपाल किरात कुलुङ भाषा संस्कृती उत्थान संघ (किरात कुलु गुस्खम) केन्द्रिय समितिका सचिव, इन्डिजिनियस टेलिभिजनका प्रस्तोता, महाकुलुङ टेलिभिजनका अध्यक्ष, सञ्चालक हुन भने करिब ३ दर्जन बढी गितहरु रेकर्ड गरिसकेका छन् । करिब आधा दर्जन गितिसंग्रह,एल्बम प्रकाशनमा आएका छ्न।











प्रतिक्रिया