Uncategorized

एकतप्पामा भब्य मनाईयो १३८औं फाल्गुनन्द जयन्ती


२७ कार्तिक २०७९, आइतबार ००:००


कार्तिक २५/इलाम
✍️राजेन्द्र केरुङ

इलामको फाकफोकथुम गाउँपालिका-७ रुपटार एकतप्पा स्थित श्री शिद्ध किरात हाङसाम युमा माङहिम मा महागुरु फाल्गुनन्द लिङ्देन को १३८औं जन्मजयन्ती भब्य रुपमा मनाईएको छ।

बिश्वकै सबै भन्दा ठुलाे धार्मिक पर्यटकिय स्थलको रुपमा परिचित उक्त स्थानमा शुभकामना आदान प्रदान सहित १३८ वटा दिप प्रज्वलन गरिएको थियो।

शुभकामना आदान-प्रदान कार्यक्रममा प्रमुख अतिथि फाकफाेकथुम गा.पा.का पुर्व उपाध्यक्ष सरस्वती राई र विशेष अतिथि फाकफाेकथुम -७ का वडा अध्यक्ष छत्रबहादुर याेङहाङ लगायत माङहिमका सल्लाहकार,स्थानिय जनप्रतिनिधि,विभिन्न संघ संस्थाका प्रतिनिधिहरूकाे उपस्थिति रहेकाे थियाे।

यसै जन्म जयन्तीकाे अवसरमा फाकफाेकथुम गाउपालिकाका पुर्व उपाध्यक्ष सरस्वती राई ज्युले माङहिम लाई ५ के .जि. बराबरकाे घण्टी चढाउनु भएको थियो।
उपस्थित अतिथिहरुद्वारा महागुरुको त्याग तपस्या र किराँती समुदायमा पुर्याएको योगदानबारे चर्चा गरिएको थियो।

माङ्हिम का अध्यक्ष पंचबहादुर याेङहाङ लिम्बूको अध्यक्षतामा सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथि पुर्व उपाध्यक्ष फाकफाेकथुम गा.पा.तथा माङहिम सल्लाहकार सरस्वती राई (सरू),बिशेष अतिथि फाकफाेकथुम ७ का वडाध्यक्ष छत्रबहादुर याेङहाङ
,विशेष अतिथि माङहिम सल्लाहकार तथा समाजसेवी पुर्ण प्रसाद याेङहाङ,
विशेष अतिथि माङहिम सल्लाहकार तथा समाजसेवी दिलबहादुर याेङहाङ , अतिथिहरु नेकपा एमाले अध्यक्ष फाकफाेकगुम ७ का चन्द्र बर्देवा,फाकफाेकथुम ७ सचिब रबिन्द्र प्रसाद राई,
फाकफाेकथुम ७ शिकारी भन्ज्याङका
आयुर्वेद बैध भुपेन्द्र याेङहाङ,
समाजसेवी तिलबहादुर भुजेल,
फाकफाेकथुम ७ स्वास्थ्य कर्मी शन्तबहादुर सुब्बा, फाकफाेकथुम ७का युवा ब्यबसायी हाेमकुमार लायाे, फाकफाेकथुम ७ दुतिया बजार ब्यबस्थापन समिति अध्यक्ष खगेन्द्र लायाे,समाज सेवी
अमिश भुजेल, जग्गादाता
नरमाया बुढाथाेकी,श्री जनकल्याण मा.बि.फाकफाेकथुम ७ का शिक्षक चन्द्र बहादुर लिम्बू, माङ्हिम सल्लाहकार राम प्रसाद लावती,
समाजसेवी बेदनारायण भुजेल, श्री सिद्ध किरात हाङसाम युमा माङहिम सचिव
,मनाेहर सुब्बा लगायत को उपस्थिती थियो।

त्यसैगरी माङहिम समितिका पदाधिकारीहरु तेजबहादुर याेङहाङ उपाध्यक्ष,लाेकेश याेङहाङ सहसचिब,
काेषाध्यक्ष तेजबहादुर याेङहाङ,
सदस्य सिताकुमारी याेङहाङ,
दिलकुमारी सुब्बा(दिपा ),
शुक्रबीर याेङहाङ,
मनबहादुर याेङहाङ माङगेना अध्यक्ष,
भिमबहादुर याेङहाङ माङगेना सचिब,
शुक्रराज अाङबाे अध्यक्ष सेवासाबा,
दिलबहादुर याेङहाङ सचिब साहित्य उत्थान संघ पाङभे,
नालिफुवा सचिब अर्जुन कुमार याेङहाङ,
माङहिम सेवासाबा बिजय एक्तेन लिम्बू लगायत को आयोजनामा सम्पन्न भएको थियो।

जग्गादाता जगत बुडाथाेकी ,आशबहादुर याेङहाङ
,माङगेना काेषाध्यक्ष ईन्द्र बहादुर याेङहाङ
लगायत स्थानिय भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो।

कार्तिक २३ गते फाकफोक र देउमाई खोलाको दोभानमा गालिश्राप बहन्ती, २४ गते बृहत् येतनाम्धुङ लाधुङ्सेमी सम्पन्न गरिएको थियो।

माङ्हिम इतिहास

बि.सं : १९८८ सालमा महागुरु फाल्गुनन्दले निर्माण गर्नुभएको सत्यधर्म मुचुल्कामा भनिएअनुसार प्रत्येक गाउँ-गाउँमा माङ्हिम निर्माण गर्नु,बेदशाला निर्माण गर्दै मुन्धुम सिकाउनु,ब्याप्त दुर्ब्यसनी,कुलत बाट युवाहरुलाई जोगाउनु भन्ने महान उद्देश्यअनुरुप थुप्रै ठाउँमा माङहिम हरु निर्माण गरिएको छ र निर्माण गर्ने क्रम जारी छ।

बर्तमान किरात धर्मगुरु र गुरुआमाको सपना अनुसार बि.सं: २०७१ मा सिलान्यास गरिएको थियो। बि.सं: २०७२ सालमा स्थापना गरिएको श्री शिद्व किरात हाङ्साम माङहिम लाई बि.सं: २०७५ सालमा तत्कालिन प्रदेश १ का अर्थ मन्त्री इन्द्र बहादुर आङ्बोको प्रमुख आतिथ्यतामा किरात धर्मगुरु मुहिङगुम अङ्सिमाङ लिङ्देन आत्मानन्द ‘सेईङ’ तथा मुहिङगुम अङसिमामाङ साँबा पबित्रहाङ्मा लिङ्देन ज्युको हस्तबाहुलीबाट समुद्घाटन गरिएको थियो।

महागुरुको पुर्ण कदको शालिक निर्माणको अन्तिम चरणमा रहेकोले चाडैँ नै सम्पन्न गरेर उद्घाटन गर्ने उद्देश्य रहेको माङ्हिम ब्यबस्थापन समितिका अध्यक्ष पन्चबहादुर योङहाङले बताउनुभयो।
माङहिम परिसरमै फाल्गुनन्द गुफा, शिद्व देबी को थान समेत रहेको छ।
अग्रज स्थानियहरुका अनुसार एकजना युमा थुन्से बोकेर उक्त गुफामा पस्ने गर्नुहुन्थ्यो रे । त्यस गुफामा सन्तान नहुनेले सन्तान माग्दा प्राप्त हुने बिश्वास रहेकोले थप यस्को महत्त्व बढेको छ।
२ रोपनी १२ आना क्षेत्रफलमा फैलिएको माङहिम लाई ४ आना स्थानिय याम बहादुर बुढाथोकीद्वारा जग्गादान गरिएको हो भने बाँकी जग्गा माङहिम समितिले नै खरिद गरेको छ ।

त्यसैगरी ४ आना जग्गा किरात धर्मगुरु स्वयं ले खरिद गरिदिनुभएको छ ।

नेपाल पर्यटन बोर्डबाट रु ४ लाख र स्थानिय गाउँपालिकाका तत्कालिन उपाध्यक्ष सरस्वती राई “सरु” को नेतृत्वबाट प्राप्त अनुदानले शिद्वदेबी धाम जाने पक्की सिढीँ तयार पारिएको छ ।

प्रदेश सरकार बाट प्राप्त ५० लाख अनुदान बाट महागुरुको पुर्णकदको शालिक,६ कोठे आश्रम स्थल,शौचालयको निर्माण गरिएको छ।

बि.सं: १९९७ सालताका महागुरु फाल्गुनन्द लिङ्देन ज्यु भ्रमण गर्दै नाबु भन्ने ठाउँमा आउनुभएको थियो।त्यसबेला उहाँले स्नान गर्नुभएको धारा पनि जिर्ण अवस्थामा रहेकोले रकम अभावका कारण उचित संरक्षणको पर्खाईमा छ ।

यस क्षेत्रलाई धार्मिक पर्यटकिय क्षेत्रको रुपमा बिकाश गर्न थुप्रै गुरुयोजना हरु रहेका छ।जस्ले आन्तरिक तथा बाह्य पर्यटनमा ठूलो टेवा पुग्ने बिश्वास रहेको गाउपालिकाका पुर्व उपाध्यक्ष तथा सल्लाहकार सरस्वती राईले बताउनुभयो।

माङहिम निर्माणपछी विभिन्न धर्मका अनुयायीहरु समेत श्रद्वा आस्थाका साथ माङ्हिम भ्रमण गर्ने गरेका छन। धार्मिक सहिष्णुता को गतिलो उदाहरणको रुपमा समेत परिचय बनाउन सफल श्री शिद्व किरात युमा माङ्हिम ले नयाँ पिढिहरुलाई कुलत,दुर्ब्यसनी बाट समेत मुक्त गरि समुन्नत सुसभ्य समाज निर्माणमा टेवा पुगेको माङ्हिम अध्यक्ष तथा बौद्धिक ब्यक्तित्व पन्च बहादुर योङ्हाङले बताउनुभयो।

 

भिडियोमा हेर्नुहोला

 

 

 

प्रकाशित : २७ कार्तिक २०७९, आइतबार ००:००