२८कार्तिक/इलाम ✍️ राजेन्द्र केरुङ
किरात धर्मगुरु मुहिङ्गुम अङ्सिमाङ लिङ्देन “सेईङ” ज्यु ले माङहिमलाई ४ रोपनी जग्गा प्रदान गर्नुभएको छ।
कार्तिक २७ गते आईतबारका दिन बर्तमान किरात धर्म गुरू आत्मानन्द लिङदेन द्वारा समाज सेवी दिलबहादुर याेङहाङ लिम्बुकाे नाममा रजिष्ट्रेसन भएकाे ४ राेपनी जग्गा मुहिङगुम अङसिमाङ आत्मानन्द लिङदेन “सेईङ” ज्युले रू ४ लाखमा खरिद गरि फाकफाेकथुम ७ एकतप्पा रूपटारमा अवस्थित धार्मिक पर्यटकिय स्थल श्री सिद्ध किरात हाङसाम युमा माङहिमका अध्यक्ष पंचबहादुर याेङहाङ लाई लाल पुर्जा हस्तान्तरण गर्नु भएकाेछ।
गुरु निजि आश्रम माङ्सेबुङ इलाममा एक औपचारिक कार्यक्रम बिच उक्त जग्गाको लाल पुर्जा हस्तातरण गर्नुभएको थियो। कार्यक्रम भगिहाङ नेम्बाङले संचालन गर्नु भएकाे थियाे।
उक्त कार्यक्रममा प्रमुखरूपमा मुहिङगुम अङसिमाङ आत्मानन्द लिङदेन सेईङ ज्यु,जग्गा धनी समाज सेवी दिलबहादुर याेङहाङ लिम्बू,माङहिम अध्यक्ष पंचबहादुर याेङहाङ लिम्बू,सचिव मनाेहर याेङहाङ लिम्बू,सहसचिब लाेकेश याेङहाङ,सदस्य शुक्रवीर याेङहाङ,सेवा साबा अध्यक्ष शुक्रराज आङ्बो,सदस्य गंगाराम अाङबाे,माङगेना अध्यक्ष मनबहादुर याेङहाङ,सचिब भिमबहादुर याेङहाङ, जीतबहादुर याेङहाङ,घनश्याम राई,फाकफाेकथुम कार्यपालिका सदस्य कबिता राई,डम्बर कुमारी मगर,बिरेन्द्र केसरी पाेख्रेल,माङहिम सल्लाहकार,राम प्रसाद लावती,नालिफुङवा सचिब अर्जुन कुमार याेङहाङ लगायत को उपस्थिती रहेको थियो।
उक्त जग्गा माङ्हिम देखि केही तल खम्बुवा भन्ने ठाउँमा रहेको छ।











प्रतिक्रिया