गृह पृष्ठ

सोलुखुम्बुमा वडा सभापतिलाई अनुशासनको कारबाही गर्न सिफारिस


१४ मंसिर २०७९, बुधबार ००:००


नेपाली कांग्रेस सोलुदुधकुण्ड ११ नम्बर नगर वडा कार्य समिति सोलुखुम्बुले आफ्नै पार्टीको वडा सभापतिलाई अनुशासनको कारबाही गर्न सिफारिस गरेको छ ।

नेपाली कांग्रेस वडा नम्बर ११ कार्य समिति तथा क्षेत्रीय प्रतिनिधीहरुको संयुक्त बैठकले वडा सभापति बालकुमार कार्कीलाई अनुशासनको कारबाहीको लागि सिफारिस गरेको वडा उपसभापति तेजबहादुर कार्कीले जानकारी दिनुभयो ।

वडा सभापति कार्कीले पार्टीको नीति र आदर्श विपरित पार्टीको उम्मेदवार बिरुद्ध गतिविधी गरेको, उम्मेदवार विरुद्ध अवश्वासपूर्ण सूचना सम्प्रेषण गरेको आरोप लगाइएको छ । वडा सभापति कार्कीको पद निलम्बन गर्न जिल्ला सभापति समक्ष सिफारिस गरिएको हो ।

प्रकाशित : १४ मंसिर २०७९, बुधबार ००:००