काठमाण्डौ – सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका वडा नम्बर २ ले किसानहरुले उत्पादन गरेको आलु सङ्कलन गरी बिक्रीका लागि काठमाण्डौ पठाएको छ । गाउँमा उत्पादन भएको आलु स्थानीय बजारले धान्न नसकेपछि वडा कार्यालयले सङ्कलन गरेर काठमाण्डौ पठाएको वडाअध्यक्ष युजन बस्नेतले जानकारी दिनुभयो । आलु गाउँपालिकाको कृषी एम्बुलेन्समार्फत काठमाण्डौ पठाएको उहाँले बताउनुभयो । गाउँबाट सङ्कलन गरेको आलु…