सांसद डा.तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णयलाई सर्वोच्च अदालतले बदर

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ । न्यायाधीशहरू डा.मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने आयोगको साढे दुई वर्षअघिको निर्णय खारेज गरेको हो । त्यतिबेला सर्वोच्च अदालतकै अन्तरिम आदेशका कारण कार्कीको उम्मेदवारी यथावत भएको थियो र प्रतिस्पर्धामा ललितपुर–३ बाट…