ताजा घटना

आफ्नै श्रीमतीले हालिन् श्री’मानविरुद्ध ब’लात्कारको मु’द्धा


१६ कार्तिक २०७८, मंगलबार ००:००


ल्यानमा आफ्नै श्रीमतीले श्री’मानविरुद्ध ब’लात्कारको मु’द्धा हालेपछि श्रीमान प’क्राउ परेका छन् । जिल्लाको बागचौर नगरपालिका वडा नम्बर ४ सिमखोलीका २१ वर्षिय (नागरिकताअनुसार २५) वर्षिय खुमराज केसीलाई आफ्नै श्रीमती १८ वर्षिया कविता (परिवर्तित नाम)ले ब’लात्कारको मु’द्धा हालेपछि प’क्राउ परेका हुन् ।

माइती घरमा बस्दै आएकी कविताले भदौ १७ गते इलाका प्रहरी कार्यालय थारमारेमा ब’लात्कारको उ’जुरी दिएपछि सोहिदिन खुमराज प’क्राउ परेका हुन् । अहिले यो केस जिल्ला अदालत स’ल्यानमा पुगेको छ भने फैसलाको अ’न्तिम तयारीमा छ । खुमराज पू’र्पक्षका लागि जिल्ला का’रागार चलान भएका छन् ।

खास के भएको हो घटना

खु’मराजको घर र कविताको माइतीघर एउटै वडामा पर्छ । उनिहरु बीच लामो समयदेखि प्रेम सम्बन्ध थियो । लामो समयको प्रेम स’म्बन्धलाई उनिहरुले विहेमा रु’पान्तरण गर्ने निधो गरे । गतवर्षको माघ १४ गते खुमराजले क’वितालाई भगाएर आफ्नो घरमा ल्याए ।

सामाजिक प’रम्पराअनुसार खु’मराजको प’रिवार माघ २२ गते दुलहीको माइती घरमा माइती मनाउन गए । माइती पक्ष पनि सहमत भए । दुलहीको माइती घर (भाइबन्धु) २२ घर छन् । सबैले इष्ट पक्षले लिएको करास, रोटी, फलफुल बाँडेर खाए ।

माघ महिनामा बिहेको लगन नभएकोले फागुन २६ गते उनिहरुको बिहे गर्ने दुवै पक्ष सहमत भए । अन्ततः फागुन २६ गते खुमराज र कविताको बिहे भयो । बिहेपछि उनिहरु बीच सम्बन्ध राम्रै थियो । गएको असार २६ गते बिहे साउन बार्ने (गाउँको भाषामा) भनेर कविता माइत जाने निधो गरिन् ।

खुमराज पनि श्रीमतीलाई पठाउन दुवै जना साँझ माइत गए । माइती पक्षले पनि छोरी ज्वाइलाई राम्रै स’त्कार गरे । बिहे साउन बार्नको लागि कविता साउन १५ गतेसम्म माइत ब’स्नेभएपछि खुमराज भोलीपल्ट असार २७ गते घर फर्किए । तर खुमराज घर फर्किको साँझ कविताको बुबाले खुमराजका भिनाजु जयप्रकाश केसीलाई फोन गरे ।

‘छोरीलाई खाना लाउन नदिएको र धेरै काम लगाएको भन्दै कविताको बुबाले छुटपत्र गरिदिनु पर्याे भनेर म सँग फोन गर्नुभयो,’ जयप्रकाशले भने । त्यसपछि भोलिपल्ट असार २८ गते जयप्रकाश र खुमराज माइतीघर गए ।
माइत जाँदा कविताको बुबाले खुमराजलाई छुटपत्र गर्न भने ।

खुमराजले आफुले कवितालाई धेरै माया गरेको र उनको पेटमा दुई महिनाको बच्चा भएकोले छुटपत्र नगर्ने बताए । त्यसपछि ससुरा ज्वाईँ बीच विवाद बढ्दै गयो । आफुले छोरीलाई अब घर नपठाउने र पेटमा भएको बच्चालाई पनि औषधि खुवाएर फालिदिने कविताको बुबाले उर्दि गरेपछि खुमराज र जयप्रकाश घर फर्किए ।

फेरि साउन १५ गते पनि बुहारी ल्याउन भनेर खुमराजको आमा गइन् । त्यसबेला पनि छोरीलाई घर नपठाउने कविताको बुबाले जवाफ फर्काएपछि उनि रित्तो हात फर्किइन् । त्यसबेला कविता पक्षको एउटै कुरा थियो छुटपत्र ।
त्यसपछि स्थानीय जनप्रतिनिधिको रोहबरमा कुराकानी मिलाउने भनियो ।

जनप्रतिनिधि समेत रहेका कविताका एकजना अंकलले आफुले कुराकानी मिलाइदिने बचन दिए । उनिहरुकाे माग थियो कवितालाई ७ लाख दिएर छुटपत्र गर्ने । खुमराजले ७ लाख दिन नसक्ने बताएपछि भाद्र १७ गते कविता पक्षले इलाका प्रहरी कार्यालय थारमारेमा बलात्कारको मुद्धा हाले ।

प्रकाशित : १६ कार्तिक २०७८, मंगलबार ००:००