गृह पृष्ठ

एकढिक्का देखिएका विपक्षी दलहरू दुई कित्तामा


३१ जेष्ठ २०८२, शुक्रबार ००:००


काठमाडौं, संसद्मा यसअघि एकढिक्का देखिएका विपक्षी दलहरू दुई कित्तामा पुगेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संयुक्त रुपमा सदन अवरोध गरिरहेका थिए ।

यद्यपि, नेकपा माओवादी केन्द्रले सत्तारुढ दलको तर्फबाट नेकपा एमालेसँग समझदारी गरेको छ । उक्त समझदारी राप्रपा र रास्वपाले मानेको छैन । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्नेदेखि छानबिन समिति वा उच्चस्तरीय न्यायिक आयोग गठनको माग गर्दासम्म विपक्षी दलहरू सँगै थिए ।

माओवादी थप लचक भएर सत्तापक्षसँग सहमति गर्न पुगेपछि प्रतिपक्षी दुई कित्तामा बिभाजित हुन पुगेका हुन् । रास्वपा र राप्रपाले आन्दोलन जारी रहने बताएका छन् । पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले गर्ने छानबिन उचित नरहेकाले विरोध गर्ने बताए । रास्वपाले छानबिन समिति किटान नगरेकाले आन्दोलन जारी रहने बताएको छ ।

प्रकाशित : ३१ जेष्ठ २०८२, शुक्रबार ००:००