काठमाडौं जिल्ला तेक्वान्दो संघले तेस्रो एनटिए लिग र खेलाडी बरियता निर्धारण सहित बागमती प्रदेश खुल्ला लिग तेक्वान्दो प्रतियोगितमा पदक विजेता खेलाडीहरुलाई सम्मानस्वरुप काठमाडौं जिल्ला तेक्वान्दो संघको लोगो अंकित टिसर्ट वितरण गरिएको छ ।
आज काठमाडौं स्थित सिदार्थ वनस्थलीमा आयोजित शुभकामना तथा चियापान कार्यक्रममा विजेता खेलाडीहरुलाई सम्मान गरिएको हो । २०८१ सालको शुभ दिपावली, नेपाल सम्वत, छठ तथा ल्होसारको उपलक्ष्यमा शुभकामना कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमको समुदघाटन प्रमुख अतिथि बागमति प्रदेश सरकारका सामाजिक विकास मन्त्री हरिप्रभा खडगीले गर्नुभएको थियो ।
बाक्लो खेलाडी, प्रशिक्षकहरुको उपस्थिति रहेको सो कार्यक्रममा राष्ट्रिय खेलकुद परीषदका कार्यकारी सदस्य नन्द बस्याल, नेपाल चेम्बर अफ कर्मसका केन्द्रिय सदस्य तथा सिदार्थ वनस्थलीका सहायक प्रिन्सिपल सुनिता सिंह, नेपाल तेक्वान्दो संघ बागमति प्रदेशका उपाध्यक्ष प्रकाश खडगी, नेपाल तेक्वान्दो संघ केन्द्रिय प्राविधिक संयोजक टार्जन सुब्बा, राष्ट्रिय खेलकुद परिषदका तेक्वान्दो मुख्य प्रशिक्षक पुर्ण योञ्जन, पारा तेक्वान्दो ओलम्पियन कोच कविराज नेगी लामाको उपस्थिति रहेको थियो ।
सुवास श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रम सञ्चालन संघका सचिव गौरव रजकले गरेका थिए । प्रमुख अतिथि तथा विशिष्ट अतिथिलाई कार्यक्रमका सभापति तथा काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खडगीले मायाको चिनो प्रदान गर्नुभएको थियो ।
दुर्गामान तामाङ्ग खेलाडी परिचय
काभ्रेपलाञ्चोक जिल्ला नमोबुद्ध वडा नं २ खोलेखेतमा जन्मेका दुर्गामान तामाङ्ग कोरिया नगएको भए शायदै खेलाडी हुन्थे होला । नेपालमा तेक्वान्दोमा ब्ल्याक बेल्ट पाएका उनले कोरियामा १२ घण्टा काम गरेर पनि आफनो लागि समय निकाल्थे ।
कामबाट बेलुका ८ बजे फर्केन्थे भने साइकलमा १० मिनेट लगाएर तेक्वान्दो खेल्न उनी प्रशिक्षण हलमा पुग्थे । उनको लगाव, निरन्तरताको कारण कोरियाबाट ४ डान हासिल गर्न सफल भए । कोरियाबाट ४ बर्ष १० महिनाको भिषा सकेर उनी नेपाल फर्के र तेक्वान्दोलाई निरन्तरता दिए । ५ डान पनि हासिल गरेका तामांग पछिल्लो समय तेक्वान्दो प्रशिक्षकको रुपमा व्यस्त रहेका दुर्गामान कानून व्यवसायी पनि हुन ।
२०७६ सालमा यन्सुव डोजाङ्गको कागेश्वरी, मनोहरा ५ स्थित थलीमा आफनै निवासमा प्रशिक्षण हल खोली १०० विधार्थीहरुलाई बिहान बेलुका प्रशिक्षण दिइरहेका छन । साथैं २०७८ सालमा नेपाल बार एसोसियसनबाट कानून व्यवसायीका अनुमति पत्र प्राप्त गरेसंगैं कानून व्यवसायीको रुपमा समेत हाल कार्यरत छन ।











प्रतिक्रिया