काठमाडौँ, दसैँका लागि अग्रिम टिकट बुकिङ घटस्थापनाभन्दा एक साताअघि खुल्ला गरिने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले घटस्थापनाभन्दा एक साता अघि अग्रिम टिकट बुकिङ खुल्ला गरिने बताएका छन ।
‘घटस्थापनाभन्दा एक साता अघि टिकट खुलाउने तयारी छ । अहिले बाटो मर्मत सडक सुरक्षाका विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा र गृहमन्त्रालयमा छलफल गरिरहेका छौँ । तत्काल टिकट खुलाउनका लागि सहज छैन । सडक थुप्रै स्थानमा मर्मत गर्नुपर्ने छ,’ उनले भने, सडकहरू मर्मतको काम सकिएपछि अग्रिम टिकट बुकिङ खुल्ला गछौँ । यसका साथै चाडपर्वमा यात्रा सहज बनाउन राजमार्गका विभिन्न स्थानमा हेल्प डेस्क राखिने विषयमा समेत छलफल भइरहेको अध्यक्ष स्वाँरले बताएका छन ।











प्रतिक्रिया