गृह पृष्ठ

झोलुंगे पुलको पर्खाल भत्किँदा ५ मजदुरको मृत्यु


१६ मंसिर २०८१, आइतबार ००:००


रोल्पामा निर्माणाधीन झोलुंगे पुलको पर्खाल भत्किँदा पुरिएर आज पाँच मजदुरको मृत्यु भएको छ। लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरिक्षक कुबेर कठायतका अनुसार सुनछहारी गाउँपालिका-३,गाममा निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किँदा सोही ठाउँका ४५ वर्षीय दुजमान परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुवित्रा परियार, २७ वर्षीया आइती परियार र ६६ वर्षीय देवीराम परियारको मृत्यु भएको छ।

निर्माणाधीन झोलुंगे पुलको टेवा पर्खाल भत्किएर उनीहरू पुरिएका थिए। मौलाबाङ र बाहिरी गाम जोड्न झोलुङ्गे पुल निर्माण भइरहेको थियो। पुल निर्माणमा सात मजदुर खटिएका थिए। पर्खाल भत्केको देखेपछि दुई जना भाग्न सफल भएको प्रहरीले जनाएको छ।

प्रकाशित : १६ मंसिर २०८१, आइतबार ००:००