ताजा घटना

तुलसीपुरबाट ३ महिला र २ पुरूष यस्तो अवस्थामा भेटिए,पक्राउ गरी अनुसन्धान सुरु


१८ पुस २०७८, आइतबार ००:००


काठमाडौं, दाङको तुलसीपुरबाट ५ जना युवा युवती पक्राउ परेका छन् । पक्राउ पर्नेमा तीन महिला र दुई पुरूष छन्। तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ की १९ वर्षीया मन्दिरा थापा, सोही वडाकै १९ वर्षीया दिपु नेपाली, तुलसीपुर ६ बरुवागाउँका २९ वर्षीय रूद्रमणि पोखरेल शर्मा, सोही ठाउँकी २४ वर्षीया उर्मिला चौधरी र तुलसीपुर ७ को सागरनगर टोलका ३० वर्षीय कैलाश नेपाली समातिएका हुन ।

दुई दिनको अवधिमा यी पाँच जना पक्राउ परेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले उनिहरुबाट ५ ग्राम ७१० मिलिग्राम ब्रा’उन सु’गर ब’रामद भएको जानकारी दिए ।

यही महिना मात्रै प्रहरीले तुलसीपुर क्षेत्रबाट २४ जना जतिलाई ब्राउन सुगरसहित पक्राउ गरि सकेको जनाएको छ। पछिल्लो सयम तुलसीपुर ला’गु औ’षधको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ ।

किशोर किशोरी तथा महिलापनि धमाधम प्रतिबन्धित ला’गुऔ’षध ब्रा’उन सु’ग’रसहित प’क्राउ प’र्न था’लेका छन् । यस्तै, काठमाडौं महानगरपालिका-३२ नरेफाँटस्थित तरकारी बजारबाट नियन्त्रित ला’गूऔ’षध २ सय ८६ एम्पुल नुर्फिन, २ सय ९२ एम्पुल फेनारगन, २ सय ८४ एम्पुल डाईजेपाम सहित तारकेश्‍वर नगरपालिका-११ लोलाङ बस्ने धादिङ खनियाबास गाउँपालिका-४ घर भएका ४६ वर्षीय लेख बहादुर तामाङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त ठाउँमा अ’वै’ध ला’गूऔ’षधको कारोबार भइरहेको भन्ने खबर प्राप्‍त हुनासाथ महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : १८ पुस २०७८, आइतबार ००:००