Uncategorized

दुर्लभ जन्तरेको शब्द र निर्देशनमा कम्पनी तोला सार्वजनिक (भिडियोसहित)


१६ कार्तिक २०७८, मंगलबार ००:००


कार्तिक १६,काठमाडौ

निर्देशक तथा गितकार दुर्लभ जन्तरेको कम्पनी तोला बोलको गीति भिडियो तनाउरी कलेक्सन नामक युटयुब च्यानलमार्फत सार्वजनिक भएको छ।

कपन स्थित सेवा मम रेष्टुरेन्टमा एक विशेष कार्यक्रमको आयोजना गरि उक्त गितको भिडियोलाई सार्वजनिक गरिएको थियो।   

स्वयं जन्तरेकै शब्द र निर्देशनमा बनेको उक्त गितमा टेक नाछिरिङ को सङ्गीत, कृष्णभक्त राई को स्वर तथा सङ्गित संयोजनमा मेलिना राईले साथ दिएकी छिन।
सेवा रेकर्डिङ स्टुडियोमा पदम राजन मगरले रेकर्ड गरेका हुन भने मुस्कान मुकारुङले मिक्सिङ तथा मास्टरिङ गरेका छन।

उक्त भिडियोमा कमल सिङ,सृजना किराती,अनुशा राई, छोङ्बा शेर्पा साथै जन्तरे लगायतले अभिनय गरेका छन।

अस्मिता राईले कलाकार हरुलाई शृङ्गारेका छन भने गङ्गा राम राईको सिनेम्याटोग्राफर रहेको छ भने बिष्णु खड्का ले सम्पादन गरेका हुन।

रक्षा कलेक्सनको भेषभुषा तथा गरगहनामा सजिएका कलाकारहरुलाई आशिष् राईले कोरियोग्राफी गरेका थिए ।

गितको भिडियो यहाँ हेर्नुहोला

प्रकाशित : १६ कार्तिक २०७८, मंगलबार ००:००