काठमाडाैँ,नारायणगढ–मुग्लिन सडकमा आज रातिको समयमा गाडी चलाउन रोक लगाइएको छ। बिहीबार रातिदेखि परिरहेको वर्षाका कारण रातिमा पहिरोको जोखिम हुने देखिएकोले आज बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म जिल्ला सुरक्षा समितिले सवारी सञ्चालनमा रोक लगाएको हो।
यस राजमार्ग भएर गुड्ने सवारी साधनलाई नारायणगढतर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा रोकिने छ। शुक्रबार बिहानदेखि परेको बर्षाका करण मुग्लिन काठमाडौं सडक खण्डमा दर्जनभन्दा बढी स्थानमा स–साना पहिरो जादा सडक अवरुद्ध बनेको छ।
याे पनि पढनुहाेसः
काठमाडौं, सहकारी ठगी प्रकरणमा फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतको नयाँ दिल्लीमा पक्राउ परेका छन्। रेडकर्नर नोटिस जारी भएका मेयर नेपालीलाई भारतीय सुरक्षाकमीले पक्राउ गरेर नेपाललाई जानकारी गराएको बताइएको छ ।
भारतीय सुरक्षाकर्मीसँग समन्वय गरेर नेपाल ल्याउने तयारी गरेको प्रहरीले जनाएको छ । बाग्लुङको इमेज बचत तथा ऋण सहकारीका अध्यक्ष समेत रहेका नेपालीले बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेको छ । सहकारीका बचतकर्ताको करिब रु दुई अर्ब बचत रकम हिनामिनाको आरोप लागेपछि २०८० जेठ ५ मा उनी सम्पर्कविहीन भएका थिए।











प्रतिक्रिया