काठमाडौ, मोरङको मिक्लाजुङ गाउँपालिकामा पति पत्नीको विवाद मिलाउन गएका एक युवकलाई नै सबै मिलेर ज्यान लिइएको छ । छिमेकमा पति पत्नीबीच भएको विवाद मिलाउन उनी राती घरमा पुगेका थिए ।
तर पारिवारिक झ गडामा परेर छिमेकीलाई अनावश्यक पारिवारिक विवादमा परेको भन्दै सबै मिलेर ज्यान लिएका हुन् । मृत्यु हुनेमा मिक्लाजुङ गाउँपालिका–७ का ४३ वर्षीय धनराज लिम्बू रहेका छन् ।
जिल्ला मोरङ कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार मिक्लाजुङ–६ का ३३ वर्षीय रविन तामाङ र उनका भाइहरू ३० वर्षीय आइतराज एवम् २६ वर्षीय सञ्जय तामाङसहितले ज्यान लिएका हुन् ।
गत भदौ ३ गते राति ८ः४० बजे छिमेकमा डेरा गरेर बस्ने मिक्लाजुङ–६ का तामाङ र उनकी पत्नी निरुताबीच विवाद भएको सुनेपछि उनी मिलाउन भन्दै गएका थिए । श्रीमान श्रीमतीलाई सम्झाएर उनी घरमा आएका थिए । तर तत्कालै उनलाई पारिवारिक विवादमा किन आएको भन्दै ज्यान लिइयो ।
घाइते अवस्थाका उनको उपचारका क्रमा निधन भएको हो । पारिवारिक विवादमा बाहिरका मान्छे प्रवेश गरेको भन्दै सामूहिक रूपमा आ क्रमण गरिएपछि लिम्बू गम्भीर घाइते भएका थिए । घाइते लिम्बूको उपचारका क्रममा शनिबार राति ११ः४५ बजेतिर विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा मृत्यु भएको हो ।









प्रतिक्रिया