गृह पृष्ठ

परराष्ट्रमन्त्री राणा चढेको जहाज काठमाडौं ओर्लन सकेन, कोलकाता डाइभर्ट


१६ फाल्गुन २०८१, शुक्रबार ००:००


काठमाडौं, परराष्ट्रमन्त्री आरजु राणा चढेको विमान खराब मौसमका कारण काठमाडौं ओर्लन नसकेपछि कोलकाता डाइभर्ट भएको छ । राणाका सल्लाहकार एकराज पाठकले दिएको जानकारी अनुसार कतार एयरलाइन्समार्फत् दोहाबाट आइरहेको जहाज कोलकाता ल्यान्ड भएको हो ।

परराष्ट्रमन्त्री आरजु राणा सवार विमान खराब मौसमका कारण काठमाडौं अवतरण हुन नसकेपछि कोलकाता डाइभर्ट गरिएको छ। कतार एयरलाइन्समार्फत् दोहाबाट आइरहेको जहाज कोलकाता ल्यान्ड भएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ। जेनेभामा राष्ट्रसंघको बैठक सहभागी भएर राणा स्वदेश फर्कदै थिइन्।

प्रकाशित : १६ फाल्गुन २०८१, शुक्रबार ००:००