लघु चलचित्रको निर्देशन बाबुराम निरौलाले गरेका छन्। चलचित्रमा उपासना नेम्बाङ र रमेश चन्द मुख्य भूमिकामा रहेका छन् भने सुप्रीम राई र आदित्य घिमिरे बाल कलाकारका रूपमा देखिएका छन्।
तनहुँ जिल्लाको भानु नगरपालिका–१३ सम्जुर माझगाउँमा छायाङ्कन गरिएको ‘मूलबाटो’ले मनोरञ्जनसँगै सामाजिक सन्देश प्रवाह गर्ने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ। पशुपन्छीप्रति सम्मान, अहिंसा र मानवीय संवेदनाको संस्कार विकास गर्न यस चलचित्रले सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया