मुख्य खवर

पूर्वराष्ट्रपति भण्डारी ब्लड क्यान्सरको नियमित चेकजाँचका लागि थाइल्याण्ड प्रस्थान


८ फाल्गुन २०८१, बिहिबार ००:००


काठमाडौं, पूर्वराष्ट्रपति विद्या देबि भण्डारी नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्याण्ड प्रस्थान गरेकी छन्। छोरी उषाकिरण, सुरक्षा गार्ड र सहयोगीसहित भण्डारी फागुन ५ गते त्यसतर्फ गएकी हुन्।

यसअघि थाइल्याण्डमै ब्लड क्यान्सरको उपचार गराएकी भण्डारी नियमित चेकजाँचका लागि गएको र फागुन १६ गते स्वदेश फर्कने उनी निकट एक एमाले नेताले जानकारी दिए। उहाँको पुरानो समस्या ब्लड क्यान्सरको अवस्था चेकजाँच र हिपको समस्या देखिएपछि उपचारका लागि त्यसतर्फ प्रस्थान गरेको बताइएको छ।

प्रकाशित : ८ फाल्गुन २०८१, बिहिबार ००:००