गृह पृष्ठ

प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक सुरु


६ बैशाख २०८०, बुधबार ००:००


काठमाडौँ । प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल गर्न आज संवैधानिक परिषद्को बैठक सुरु भएकाे छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा बैठक बसेकाे हाे ।

नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बार एसोसिएसन लगायत कानुन व्यवसायीहरूले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति गर्न दबाब दिएसँगै संवैधानिक परिषद्को बैठक बसेकाे हो । प्रमुख तीन दलका शीर्ष नेताबीच तत्काल प्रधानन्यायाधीश नियुक्त गर्ने विषयमा यसअघि नै सहमति जुटेको थियो ।

प्रकाशित : ६ बैशाख २०८०, बुधबार ००:००