गृह पृष्ठ

प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्ति


२० आश्विन २०८१, आइतबार ००:००


काठमाडौं, प्रकाशमानसिंह राउत प्रधानन्यायाधीश नियुक्ति भएका छन् । संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन् । राउतले आज दिउँसो १ बजे शीतल निवासमा पद तथा गोपनीयताको शपथ खानेछन् ।

अघिल्ला प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ १८ असोजमा अवकास भएपछि राउत प्रधानन्यायाधीश बनेका हुन् । संवैधानिक परिषदको बैठकले ३१ भदौमा राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिले १६ असोजमा राउतको नाम अनुमोदन गरेको थियो । उनी साढे एक वर्ष प्रधानन्यायाधीश रहनेछन् ।

प्रकाशित : २० आश्विन २०८१, आइतबार ००:००