राजनीति

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भाेलि अमेरिकामा भेटघाट हुने


५ आश्विन २०८१, शनिबार ००:००


काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच अमेरिकामा भेटघाट हुने भएको छ । संयुक्त राष्ट्र संघको ७९ औँ महासभामा सहभागी हुन प्रधानमन्त्री ओली र समकक्षी मोदी अमेरिकाको न्युयोर्क पुगेका हुन् । दुई प्रधानमन्त्रीहरूबीच आइतबार नेपाली समयअनुसार ३ बजेर ४५ मिनटमा भेटघाटको कार्यक्रम तय भएको हो ।

प्रधानमन्त्री ओलीले असोज १० गते राष्ट्र संघको महासभालाई सम्बोधन गर्नेछन् । महासभामा ‘कोही पनि पछाडि नछाडिने, वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाका लागि सबै मिलेर अघि बढ्नुपर्ने’ विषयमा बहस हुनेछ ।

प्रधानमन्त्री ओलीले अमेरिकामा नेपाली संघसंस्थाले आयोजना गर्ने समारोहलाई आइतबार सम्बोधन गर्नेछन् । यसैगरी महासभामा सहभागी मित्रराष्ट्रका प्रतिनिधि तथा विकास साझेदारसँग ‘साइडलाइन’ वार्ता पनि गर्नेछन् ।

प्रधानमन्त्री ओलीले सम्मलेनमा अतिकम विकसित देशहरूको अध्यक्षको हैसियतले सम्बोधन गर्नेछन् । यसैगरी उनले कोलम्बिया विश्वविद्यालय र हार्वड विश्वविद्याललयमा ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा र नेपालको परिप्रेक्ष्य स् संक्रमणकालीन न्यायबाट जलवायु न्याय’का विषयमा सम्बोधन गर्ने कार्यक्रम छ ।

याे पनि पढनुहाेसः

मोरङको पथरीमा एक पुरुष घरमै मृत अवस्थामा भेटिएका छन् । पथरीशनिश्चरे नगरपालिका–७ स्थित मायालु चोकका ६० वर्षीय चन्द्रबहादुर तामाङको शव आफ्नै घरमा फेला परेको हो । प्रहरीका अनुसार शनिबार विहान हत्या गरिएको अवस्थामा चन्द्रबहादुरको शव भेटिएको हो ।

इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालका अनुसार धारिलो हतियार प्रहारबाट हत्या भएको देखिएको छ । घरमा चन्द्रबहादुर र उनको ज्वाईं अन्दाजी २५ वर्षीय रविन राई बस्दै आएका थिए । घटनापछि रविन फरार छन् । चन्द्रबहादुरकी श्रीमती वैदेशिक रोजगारीमा छन् । घरमा भने ज्वाईं ससुरा मात्रै बस्दै आएका थिए ।

रविनको घर पनि ससुरालीको छेउमै छ । रविनको श्रीमती पनि वैदेशिक रोजगारीमा रहेकी छिन । प्रहरीका अनुसार शुक्रबार राति घरमै मदिरा सेवन ज्वाईं ससुराबीच विवाद भएको थियो । विहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव भेटिएपछि घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : ५ आश्विन २०८१, शनिबार ००:००