Breaking News Post

प्रधानमन्त्रीले संसदको बर्खे अधिवेशनमा संसदलाई गर्ने सम्वोधन स्थगित


१२ बैशाख २०८२, शुक्रबार ००:००


काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको बर्खे अधिवेशनको पहिलो दिन संसदलाई गर्ने सम्वोधन स्थगित भएको छ। प्रधानमन्त्री ओलीले नै आज संसदमा गर्ने सम्वोधन स्थगित गरेका हुन्। अधिवेशनको पहिलो दिन भएकाले विभिन्न राजनीतिक दलका नेतालाई दलीय आधारमा बोल्नेछन्।

विपक्षी दलका नेता प्रचण्ड र सत्तारुढ दलका नेता शेरबहादुर देउवा अनुपस्थित हुने भएकाले ओलीले आज बोल्ने कार्यक्रम रोकिएको बताइएको छ। देउवा थाइल्याण्डमा छन् भने प्रचण्ड गोरखा पुगेका छन्। आज दिउँसो १ बजे बस्ने बजेट अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने सुरु भएको थियो।

प्रकाशित : १२ बैशाख २०८२, शुक्रबार ००:००