ताजा घटना

बारा घटनामा संलग्न किशोरको बयानको भिडियो खिच्ने एक प्रहरी पक्राउ


८ भाद्र २०८३, सोमबार ००:००


८ भदौ, काठमाडौं । बाराकी बालिका गरिमा चौधरीको बालात्कारपछिको हत्यामा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा एक प्रहरी प्रकाउ परेका छन् । किशोरको बयान चलिरहेको बेलामा बयान कक्षमा खिचेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । उक्त भिडियोमा किशोरले कसरी बलात्कार गरेको भन्ने सबै कुरा खुलाएका छन् ।

प्रहरीले समक्ष गरेको बयानको भिडियो बाहिरिएपछि प्रहरीमाथि नै प्रश्न उठेको थियो।

त्यसक्रममा भिडियो खिच्ने व्यक्तिबाटै त्यो बाहिरिएको हुनसक्ने देखिएपछि पक्राउ परेका हुन् । बारा प्रहरीका एपपी नरेन्द्र कुँवरका अनुसार भिडियो खिच्ने प्रहरीलाई अहिले पक्राउ गरी हिरासतमा राखिएको छ । उनलाई फौजदारी कुसरमा नै कारबाही अघि बढाउने तयारी भएको छ । भिडियो खिच्ने समूहमा पाँच जना प्रहरी देखिएको र अन्यमाथि पनि अनुसन्धान भइरहेको छ ।

प्रकाशित : ८ भाद्र २०८३, सोमबार ००:००