गृह पृष्ठ

महाकुलुङ गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि ६ रोपनी जग्गा निःशुल्क प्राप्त


१४ श्रावण २०८०, आइतबार ००:००


सोलुखम्बुको महाकुलुङ गाउँपालिकालाई प्रशासनिक भवन निर्माणका लागि निःशुल्क जग्गा प्राप्त भएको छ । पालिकाको भवन निर्माणका लागि वडा नम्बर १ बुङमा स्थानीयबाट ६ रोपनी जग्गा निःशुल्क प्राप्त भएको गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थानीय माइलीमणी कुलुङ र रविन्द्र कुलुङले ६ रोपनी जग्गा गाउँपालिकाको नाममा रजिष्टेशन पास गरिदिनुभएको हो । साथै भवन निर्माणका लागि आवश्यक १० रोपनी जग्गा मध्ये बाँकी ४ रोपनी केही दिनमा पास गरिदिने सहमती भएको अध्यक्ष कुलुङको भनाई छ ।

जग्गा प्राप्त भएपछि पालिकाले प्रशासनिक भवन निर्माणका लागि डिपिआरको कार्य सुरु गर्ने जनाइएको छ । साथै जग्गादाताहरुलाई पालिकाले धन्यवाद ज्ञापन गरेको छ । हाल गाउँपालिकाले भाडाको भवनबाट प्रशासनिक सेवा प्रवाह गर्दै आएको छ ।

प्रकाशित : १४ श्रावण २०८०, आइतबार ००:००