गृह पृष्ठ

महाकुलुङ गाउपालिका १ मा एक पुरुष मृत फेला


२६ भाद्र २०८०, मंगलबार ००:००


सोलुखुम्बुको महाकुलुङ गाउपालिका १ मा एक पुरुष मृत फेला परेका छन । मृत्यु फेला पर्नेमा महाकुलुङ गाउँपालिका १ का अन्दाजी ४० वर्षीय सुजन राई रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार गत शनिबार घरबाट हिडेका राईलाई आज सोमबार दिउसो करिब २ बजे महाकुलुङ १ को लिप्पो खोला छेउमा मृत भेटिएका हुन । घटना स्थलमा प्रहरी पुगिसकेको छ भने कानुनी प्रक्रिया पूरा गर्ने काम भइरहेको प्रहरी निरीक्षक मिश्रले बताउनुभयो ।

प्रकाशित : २६ भाद्र २०८०, मंगलबार ००:००