काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा ७ लाख ९३ हजार जरिवाना गरेको छ। राजधानीको माइतीघरमा प्रदर्शन गरेका राजावादीले वातावरण प्रदूषण गरेको लगायतका शीर्षकमा महानगरले ७ लाख ९३ हजार जरिवाना गर्ने निर्णय गरेको हो।
महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ८ वटा पत्र काटेको छ । पूर्वराजाको सहमतिमा शुक्रबार राजवादीले राजधानीको तीनकुने क्षेत्रमा प्रदर्शन गरेकामा फोहोरमैला गरेको लगायतका कारण देखाउँदै जरिवाना र क्षतिपूर्ति माग गर्दै पत्र काटेको हो ।











प्रतिक्रिया