गृह पृष्ठ

माप्यका विव्यस र शिअसका पदाधिकारीलाई तालिम दिदै रीड नेपाल


२६ बैशाख २०८०, मंगलबार ००:००


सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका भित्रका विद्यालयका व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीलाई तालिम दिन रीड नेपाल सकृय बनेको छ । रीडले विव्यस र शिअसका पदाधिकारीहरुलाई क्षमता अभिवृद्धि तालिमलाई जारी राखेको हो ।

संस्थाले सोमबारबाट बासास्थित हिमालय माविमा सुरु गरेको तालिमको गाउँपालिका उपाध्यक्ष गौरव राईले उद्घाटन गरे । तालिममा रीड नेपालले काम गर्दै आएको २० विद्यालयका ५४ जना पदाधिकारीहरुको सहभागीता रहेको छ ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष राईले सिकेका कुरा विद्यालय व्यवस्थापनमा उपयोग गर्न आग्रह गरे । रीड नेपालले शैक्षिक विकासमा गरेको योगदानको प्रशंसा गर्दै उपाध्यक्ष राईले रीडले गरेको लगानीलाई भरपुर्ण उपयोग गर्न प्रशिक्षार्थीहरुलाई उनले आग्रह गरेका छन् ।

रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीले विद्यालयको अभिन्न अङगको रूपमा विव्यस र शिअसंघ रहने भएकाले गुणस्तरीय शिक्षा रराम्रो विद्यालय निर्माण गर्नको अपेक्षासहित तालिको आयोजना गरिएको बताए ।

तालिममा व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको काम, कर्तव्य र अधिकार , विद्यमान शैक्षिक नीतिनियम, नेतृत्व विकास, बालमैत्री विद्यालय, विद्यालयको वर्तमान अवस्था र आगामी दिनमा समितिको भुमिका, लैङ्गकिक्ता समावेसी शिक्षा लगायतका विषय समेटिने छ ।

तालिमको सहजीकरण रीड नेपालका शिक्षा विकास सयोजक केशव गिरी , शिक्षा विकास अधिकृत सुजता राई र विश्नु प्रसाद उपाध्यायले गरिरहेका छन् ।

प्रकाशित : २६ बैशाख २०८०, मंगलबार ००:००