सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका ६ र ७ का ४ सय बढीलाई वडा तहमै पुगेर सामाजिक सुरक्षा भक्ता वितरण गरिएको छ । कृषि विकास बैंक बासाले गाउँपालिकाको पन्जीकरण शाखासँगको समन्वयमा वडा÷वडामै पुगेर ४०५ जना लाभग्राहीहरुलाई शुक्रबार र शनिबार सुरक्षा भत्ता वितरण गरेको हो ।
पालिका केन्द्र सम्म आउने भौगोलिक हिसाबले असहज हुने भएकाले वडामै पुगेर भत्ता वितरण गरेको गाउँपालिका उपाध्यक्ष गौरव राईले बताए । करिब ७ घण्टाको यात्रापछि मात्रै पालिका केन्द्र बासा पुगेर भत्ता बुझ्दै आएका लाभग्राहीहरु गाउँमै सुरक्षा भत्ता पाएपछि खुसी भएका छन् ।
बृद्धबृद्धा, अपांगता तथा अशक्तहरुका लागि लक्षित गरेर सुरु गरिएको घुम्ती शिविरले आफुहरुलाई ठुलो राहत मिलेको लाभग्राहीले बताएका छन् । घुम्ती शिविरमा वडाध्यक्ष, वडा तथा पालिकाका कर्मचारीहरु, बैंकका कर्मचारीहरु सकृय रुपमा खटेको गाउँपालिका उपाध्यक्ष राईले जानकारी दिए । चालु आर्थिक वर्षको अन्तिम किस्ताबाट सबै सुरक्षा भत्ता वडा तहबाटै वितरण गर्ने तयरी भईरहेको गाउँपालिका अध्यक्ष बुद्धि किरण राईले जानकारी दिए ।











प्रतिक्रिया