गृह पृष्ठ

मुक्कुमलुङ क्षेत्रमा सरकारले गरेको अतिक्रमण विरुद्ध सोलुखुम्बुमा विरोध सभा


१२ फाल्गुन २०८१, सोमबार ००:००


जनता समाजवादी पार्टी नेपाल जिल्ला समिति सोलुखुम्बुले ताप्लेजुङको मुक्कुमलुङ क्षेत्रमा सरकारले गरेको अतिक्रमण विरुद्ध सोलुखुम्बुमा विरोध सभा गरेको छ । आज सदरमुकाम सल्लेरीमा केबलकार चाहिँदैन मुक्कुमलुङ धार्मिकरसांस्कृतिक पहिचान मास्न पाइँदैन भन्ने नाराका साथ विरोध र्याली निकालेको थिए ।

ताप्लेजुङमा निर्माण हुन लागेको केबलकारको सम्पूर्ण प्रक्रिया खारेज गर्न माग गर्दै आज सोलुखुम्बुमा विरोध सभा निकालिएको जनता समाजवादी पार्टी नेपाल जिल्ला समिति सोलुखुम्बुले जनाएको छ । विरोध सभाका क्रममा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सचिव ल्हाक्पा शेर्पाले आफूहरू विकासको बाधक नभएर सांस्कृतिक पहिचानको पक्षमा रहेको बताएका छन ।

उनले ताप्लेजुङको मुक्कुमलुङ क्षेत्रमा केबलकार निर्माण गरेर त्यहाँको धार्मिक सांस्कृतिक सहिष्णुता र सांस्कृतिक पहिचानलाई मास्ने कामको विरुद्धमा सोलुखुम्बुको ऐक्यबद्धता रहेको बताए । केन्द्रीय सचिव शेर्पाले केबलकार बनाउने कार्यमा सहमति नहुने बताउँदै मुक्कुमलुङ सबै समुदायको आस्थाको केन्द्र भएकाले संरक्षणका लागि सबैको हातेमालोको आवश्यकता रहेको बताए ।

उनले मुक्कुमलुङ संरक्षणको पक्षमा उभिएको बताउँदै राज्य आतङ्क विरुद्धमा न्यायको आवाज उठाएको दाबी गरेका छन । मुक्कुमलुङ संरक्षणका लागि भएको आन्दोलनका घाइतेहरुलाई नेपाल सरकारले उपचार गर्नुपर्ने र सो घटनालाई राज्यले गम्भीरताका साथ हेर्नुपर्ने केन्द्रीय सचिव शेर्पाको भनाइ रहेकाे छ ।

प्रकाशित : १२ फाल्गुन २०८१, सोमबार ००:००