राजनीति

रवि र छविको रिटमा सुनुवाइ सकियो, आजै आदेश आउने


१० जेष्ठ २०८२, शुक्रबार ००:००


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ सकिएकाले आजै आदेश आउने भएको छ।

गत मंगलबारदेखि न्यायाधीशद्वय डा.नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा शुक्रबार सुनुवाइ सकिएको हो। सुनुवाइ सकिएसँगै न्यायाधिशहरूले रिटमा आदेश तयार गरिरहेको अदालत स्रोतले जनाएको छ।

बन्दी प्रत्यक्षीकरणसँगै थुनामा पठाउने उच्च अदालत, तुलसीपुर (बुटवल इजलास)को आदेशविरुद्ध परेको निवेदनउपर पनि सँगै सुनुवाइ भएको छ । जसमा लामिछानेलाई थुनामा राख्ने वा छाड्ने विषय सर्वोच्चबाट आज टुंगो लाग्ने भएको छ ।

आज रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीविरुद्ध जाहेरी दिएका कानुन व्यवसायीले बहस गरेका थिए। वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी तथा अधिवक्ता रामचन्द्र आरसी गौतमले शुक्रबार बहस गरे थिए। लगत्तै रवि र छविका कानुन व्यवसायी अधिवक्ता सुशीलकुमार पन्त, रमनकुमार श्रेष्ठ र सतिषकृष्ण खरेलले जवाफी बहस गरेका थिए।

प्रकाशित : १० जेष्ठ २०८२, शुक्रबार ००:००