काठमाडौं, सत्तारुढ दल नेकपा एमालेले मोटरसाइकल र्याली निकालेको छ । काठमाडौंको तीनकुनेबाट एमालेले राजावादी अभियानविरुद्ध र्याली निकालेको हो । र्यालीमा सहभागी हुन एमाले नेताहरू राजन भट्टराई, विष्णु रिजाल, क्षितिज थेवे लगायत पनि पुगेका थिए ।
एमालेले ‘लोकतन्त्रको विकल्प, केवल उन्नत लोकतन्त्र’ नारासहित सोमबार र्याली निकालेको हो । पार्टीको अभियान अन्तर्ग एमालेले आज यो कार्यक्रम गरेका हुन् । एमालेको भातृसंस्था युवा संघको अगुवाईमा एमालेले काठमाडौंको तीनकुनेबाट मोटरसाइकल र्याली निकालेको हो ।
मोटरसाईकल र्यालीको शुभारम्भ गर्दै एमाले महासचिव शंकर पोखरेले राजावादीहरुको संविधान र व्यवस्थाविरोधी गतिविधिविरुद्ध देशभर जागरणसभा र मोटरसाइकल र्याली आयोजना गरेको जानकारी दिए ।
महासचिव पोखरेलले गणतन्त्र जिन्दावाद, प्रतिगमन मुर्दावाद, हिंसा, हत्या र लुटपाट मुर्दावाद, जन्मसिद्ध श्रेष्ठता अस्वीकार छैन, दास र रैती बन्न मन्जुर छैन लगायतका नारासहित कार्यक्रमको शुभारम्भ गरेका थिए ।











प्रतिक्रिया