राष्ट्रिय ललितकलासंघ नेपालको केन्द्रिय अध्यक्षमा बरिष्ठकलाकार एनबी गुरुङ सर्बसम्मत रुपमा चुनिनुभएको छ। चैत्र ९ गते सम्पन्न सॅघको राष्ट्रिय सम्मेलनले ४१ सदस्यीय केन्द्रिय कार्यसमिती समेत चयन गरेको छ।
जसमा उपाध्यक्षमा महेन्द्र राई, उमेश श्रेष्ठ ,चित्र कार्की, ज्योतिप्रकाश बिक र विपना महर्जन चुनिनु भएको छ भने, महासचिबमा अर्जुन न्यौपाने, उपमहासचिबमा कान्छाकाजी भाषिमा ,सचिबमा सन्तोष जेन्तली र शुसान्त श्रेष्ठ, सदस्यहरुमा भीम श्रेष्ठ,बिनोदगुप्ता, एचबी रम्तेल लगाएत चुनिनु भएका छन ।
नबनिर्बाचित कार्यसमितीले कलाको विकाश, प्रबर्दन र सॅरक्षणका लागी नितिगत तहमै कानुन निर्माण गर्न पहल गर्ने र कलाकारको हकहित र अधिकारको लागी निरन्तर पैरबी गरिरहने प्रतिबद्दता जनाईएको छ।












प्रतिक्रिया