काठमाडौँ, रास्वपाका सांसदहरूले प्रतिनिधिसभा बैठकको सुरुमै बोल्न समय नपाएको भन्दै होहल्ला र नाराबाजी गरेका छन् । कार्यसूचीमा प्रवेश नगर्दै रास्वपाका सांसदहरूले आसनबाट उठेर विरोध गरेका थिए । सभामुखले उनीहरूलाई आसन ग्रहण गर्न पहिला अनुरोध र त्यसपछि आदेश गर्दा समेत नमानेपछि रास्वपाको अवरोधकैबिच सभामुख घिमिरेले राष्ट्रपतिबाट प्राप्त पत्रहरू पढेर सुनाएका छन् ।
सभामुखले राष्ट्रपतिको पत्र पढ्दै गर्दा रास्वपा सांसदहरूले होहल्ला गरेका हुन् । त्यसपछि उनीहरू बैठक छाडेर निस्केका छन् । बैठक सुरु हुने बित्तिकै रास्वपाका सांसदले उठेर अवरोध गरेपछि सभामुख घिमिरेले पटकपटक दलीय आधारमा धारणा राख्न समय दिने भन्दै रास्वपा सांसदहरूलाई यथास्थानमा बस्न आग्रह गरेका थिए । तर रास्वपा सांसदहरु यथास्थानमा उभिरहे । पछि उनीहरु १५ मिनेटका लागि भन्दै संसद बैठक कक्षबाट बाहिरिएका थिए ।











प्रतिक्रिया