राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) ले बिहीबार चितवनमा खबरदारी सभा आयोजना गरेको छ । पार्टी सभापति रवि लामिछानेलाई रातारात पोखरा लैजानु मानव अधिकारकोविरुद्ध रहेको र बुधबार भएको झडपमा प्रहरीले दमन गरेको लगायत विषयमा आज खबरदारी सभा आयोजना गरेको रास्वापाले जनाएको हो।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा लामिछानेलाई पोखराबाट काठमाडौँ र मंगलबार चितवन ल्याइ प्रहरीले अनुसन्धान गरिरहेको छ । लामिछानेलाई पुन म्याद थप गरेपछि पर्सा लैजाने प्रहरीको तयारी छ । लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनाविरुद्ध पर्साबाट पक्राउ पुर्जी जारी भएको छ ।
याे पनि पढनुहाेसः
काठमाडौँ, प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौतालाई विस्तृत अध्ययन गरेर मात्र आफ्नो धारणा अगाडि सार्ने भएको छ ।
बिहीबार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले नेपाल र चीनबिच भएको ‘फ्रेमवर्क फर बीआरआई’ कोअपरेसन सम्झौताबारे हतारमा धारणा नबनाउने नीति लिएको हो । नेपाल र चीनबिच बुधबार बिहान ‘फ्रेमवर्क फर बीआरआई कोअपरेसन’ְमा सम्झौता भएको थियो ।
फ्रेमवर्क अन्तर्गत १० वटा परियोजना अगाडि बढाउने दुई पक्षबिच सहमति भएको थियो । यस सम्बन्धमा नेताहरूले अध्यक्ष प्रचण्डको धारणा मागेका थिए । तर नेपाल र चीनबिच भएका सम्झौताबारे थप बुझेर जवाफ दिने भएपछि बीआरआईमा छलफल नभएको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।
‘बी आरआईबारे केही छलफल भएन । बैठकमा प्रश्न उठेका थिए । तर यस विषयमा अध्यक्षले थप अध्ययन र बुझेर मात्र जवाफ दिने भनेपछि अरू छलफल भएन’, रातोपाटीसँग गजुरेलले भने ।











प्रतिक्रिया