सोलुखुम्बु, लिखुपिके गाउँपालिका १ गुम्बामा नेपाल टेलिकमको रिपिटर टावर सञ्चालनमा आएको छ । लिखुपिके गाउँपालिकालाई सहज रुपमा सञ्चार सेवामा जोडनका लागि वडा न १ गुम्बा डाडाँमा नेपाल टेलिकमको टावर सञ्चालनमा आएको लिखुपिके गाउँपालिकाका उपाध्यक्ष ङवाङ लाक्पा शेर्पाले जानकारी दिनुभयो ।
मंसिर १२ गतेबाट फोरजी र टोजी सेवा संचालन भएसँगै सञ्चारबाट बन्चित लिखुपिके १ को गेप्चुका, नागथान,लगायत लिखुपिकेका विभिन्न ठाउँमा सञ्चार सेवा पुगेको उपाध्यक्ष शेर्पाले बताउँनुभयो । लामो समयको प्रयास पछी उक्त टावर निर्माण भएको उहाँले बताउँनुभयो ।











प्रतिक्रिया