गृह पृष्ठ

वाइबल स्कुलको होस्टेलमा सकलु मर्डी मृत भेटिइन


१६ भाद्र २०८१, आइतबार ००:००


काठमाडौं, ललितपुरको भैंसेपाटीस्थित एक स्कुलको होस्टलमा एक जना विद्यार्थी मृत फेला परेका छन् । ललितपुर महानगरपालिका-२५ भैंसेपाटी आवास क्षेत्रस्थित डिएमआई वाइबल स्कुलको होस्टेलमा बसेर अध्ययन गरिरहेकी मोरङ घर भएकी २० वर्षीय सकलु मर्डी होस्टेलमै मृत भेटिएकी हुन् । उनी शनिबार मृत अबस्थामा भेटिएकी हुन ।

घटनाबारे अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिएका छन । यस घटना कसरी भएकाे हाे, पुरा जानकारी भने अाउन बाकी रहेकाे छ । घरमा पढाइ राम्राे हुदैन हाेस्टेलमा राखेर पढाउदा बालबालिकाकाे भबिष्य राम्राे हाेस भन्ने अभिभावककाे चाहाना हुन्छ तर यस्ताे घटनाले गर्दा सबै बालबालिका हाेस्टल राख्ने अभिभावकमा त्रास पैदा भएकाे छ ।

प्रकाशित : १६ भाद्र २०८१, आइतबार ००:००