गृह पृष्ठ

शीर्ष नेताहरु बिचको बैठकमा महामन्त्रीद्वय थापा र शर्माको प्रतिवेदनमाथि जुटाए सहमति


१५ भाद्र २०८१, शनिबार ००:००


काठमाडौँ, नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि सहमति जुटाएको छ । शनिबार बसेको शीर्ष नेताहरुबिचको बैठकले महामन्त्रीद्वय थापा र शर्माको प्रतिवेदनमाथि सहमति जुटाएको हो । बैठकमा विधानले तोकेको मितिभित्र महाधिवेशन गर्ने कुरामा समेत सहमति जुटेको छ ।

‘सबै कुरामा सहमति भएर विधानले तोकेको मितिभित्र महाधिवेशन गर्ने कुरा भएको छ । पार्टीका विधानसँग सम्बन्धित जति पनि मुद्दाहरू छन्, ती सबैलाई विधान मस्यौदा समितिमा पठाउने बैठकमा सहमति भयो’ कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिप कृष्णप्रसाद पौडलले बताएका छन ।

महामन्त्री गगनकुमार थापाको प्रस्तावमा भने कहीँ कतै पनि गठबन्धनको उल्लेख नगरिएको पौडेलले बताएका छन । आगामी निर्वाचनमा गठबन्धन गर्ने नगर्ने केही कुरा पनि नआएको उनले बताएका छन । ‘गठबन्धन गर्ने नगर्ने केही कुरा पनि आएन, नेपाली कांग्रेसले बहुमत ल्याउने गरेर संगठनलाई विस्तार गर्ने सहमति भएको उनको भनाइ छ । बैठकमा वर्तमान पदाधिकारीसँगै पूर्व पदाधिकारीहरूपनि सहभागी थिए । आइतबार पार्टीको केन्द्रीय समिति बैठक बस्दै छ । त्यसअघि प्रतिवेदनमा सहमति जुटाउन सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बोलाएका हुन् ।

प्रकाशित : १५ भाद्र २०८१, शनिबार ००:००