गृह पृष्ठ

सोलुखुम्बुबाट ३ जना खेलाडी राष्ट्रिय स्तरका रनिङशिल्डका लागी छनोट


१५ बैशाख २०८०, शुक्रबार ००:००


सोलुखुम्बुबाट ३ जना खेलाडी राष्ट्रिय स्तरका राष्ट्रपति रनिङशिल्डका लागी छनोट भएका छन । बैशाख ११ देखि १३ गतेसम्म इटहरीमा आयोजित प्रदेशस्तरिय छनोट खेलमा भलिबलतर्फ माप्यदुधकोशी गाउपालिकाकी कुसुम राई , कबड्डितर्फ माप्यदुधकोशी कै तविता राई, र उसुतर्फ थुलुङदुधकोसीबाट सम्झना राई छनोटमा पर्नुभएको जिल्ला खेलकुद विकास समितो सोलुखुम्बुका कार्यालय प्रमुख नित्र घिमिरेले जानकारी दिनुभयो ।

प्रदेशस्तरिय खेलबाट छनोटमा परेका तिनै जनाले राष्ट्रिय स्तरका राष्ट्रपति रनिङशिल्ड खेल्न पाउने जिल्ला खेलकुद विकास समिती सोलुखुम्बुले जनाएको छ । यस्तै सोलुखुम्बुबाट भलिबलको छात्रातर्फ कास्य १, छात्रको एथलेटिक्स तर्फ २ कास्य र मार्सल आटतर्फ २ छात्रा र १ छात्रले ३ कास्य जितेका छन भने १ जना छात्राले १ रजत जितेका छन ।

प्रकाशित : १५ बैशाख २०८०, शुक्रबार ००:००