गृह पृष्ठ

सोलुखुम्बुमा अज्ञात व्यक्तिद्वारा महिलाको हत्या


१२ जेष्ठ २०८०, शुक्रबार ००:००


सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ७ देउसामा एक महिलाको हत्या भएको छ । देउसाकी ५२ वर्षीया कुमारी राईको गएराती अज्ञात व्यक्तिले घरमै हत्या गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

घरमा एक्लै बस्दै आएकी राईको भान्सा कोठामा हरियार प्रहार गरी हत्या गरेको प्रहरी निरीक्षक राम किशोर शाहले जानकारी दिए । उनका अनुसार मृतकको जिउभर चोटैचोट रहेको छ ।

घटनाको अनुसन्धानका लागि जिल्लाबाट राती नै प्रहरी निरीक्षक राम किशोर शाहको नेतृतवमा प्रहरी परिचालन भएको छ । घटनाका दोषी पत्ता लगाउन घटनास्थल सुरक्षित राखिएको छ भने तालिम प्राप्त कुकुर झिकाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

घटना गएराती ७–८ बजेको समयमा भएको हुन सक्ने प्रहरीको अनुमान छ । मृतकका श्रीमान यस अघि नै वितिसकेको र छोराछोरीहरु अध्ययनका लागि काठमाण्डौँमा रहेको जनाइएको छ ।

प्रकाशित : १२ जेष्ठ २०८०, शुक्रबार ००:००