गृह पृष्ठ

सोलुखुम्बुमा नेपाली कांग्रेस शुन्य अवस्थामा


१२ मंसिर २०७९, सोमबार ००:००


सोलुखुम्बु ,प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनमा सत्ता गठबन्धनको प्रमुख घटक दल नेपाली कांग्रेस सोलुखुम्बुका शून्य अवस्थामा पुगेको छ ।

प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार बन्नुभएका कांग्रेसका केन्द्रिय सदस्य बलबहादुर केसी पराजित भएसँगै जिल्लामा शून्य अवस्थामा पुगेको हो ।

सोलुखुम्बुबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार केसी दोस्रो हुनुभएको थियो । नेकपा एमालेका मानबिर राईसँग करिब २७ सय मतले केसी पछाडि पर्नुभएको हो ।

केसीले १६ हजार ५ सय ४५ ल्याउदा राईले १९ हजार ३ सय २४ मत ल्याउनुभएको छ । २०७४ मा तत्कालीन बाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका हेमकुमार राईले ३ हजार ४५३ मतान्तर पराजित गर्नुभएको थियो ।
२०४८ सालपछि केसी निरन्तर सोलुखुम्बुबाट उम्मेदवार बन्दै आउनुभएको छ ।

कांग्रेस केन्द्रीय सदस्य समेत रहनुभएका केसी २०४८, २०५१, २०५६ र २०७० को निर्वाचनमा विजयी हुनुभएको थियो । गठबन्धनको भागबण्डामा प्रतिनिधी सभा कांग्रेसको भागमा पर्दा सोलुखुम्बुको दुवै प्रदेश सभा माओवादीको भागमा परेको थियो । माओवादीले सोलुखुम्बुमा एक प्रदेश सभामा जित हात पारेको छ ।

प्रकाशित : १२ मंसिर २०७९, सोमबार ००:००