गृह पृष्ठ

हिमपहिरोमा बेपत्ता सोलुका एक युवक ५ दिनपछि मृत भेटिए


१४ बैशाख २०८०, बिहिबार ००:००


म्याग्दीको धवलागिरि हिमालमा बेपत्ता सोलुखुम्बुका एक युवक ५ दिनपछि मृत भेटिएका छन् । गत शुक्रबारदेखि हिमपहिरोमा बेपत्ता सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दु फुलेलीका २० वर्षीय अमृत राई मंगलबार मृत भेटिएका हुन् ।

धवलागिरी आधार शिविरमा आरोहीको सामान पु¥याएर फर्कने क्रममा शुक्रबार साँझ अमृतसहित फुलेलीका ३ जना हिमपहिरोमा परेका थिए । दुर्घटनामा परेका धिरज राई र अर्जुन राईलाई भने शनिबार शेर्पाहरूको टोलीले सकुशल उद्धार गरेका थिए ।

मृतक राईको बुधबार पशुपतीमा अन्त्यष्टि गरिएको छ । ८ हजार १ सय ६७ मिटर अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिकाको वडा नम्बर ४ मा अवस्थित छ ।

प्रकाशित : १४ बैशाख २०८०, बिहिबार ००:००