ताजा घटना

१३ वर्षीय बालक ३ वर्षीया बालिका बलात्कार आरोपमा पक्राउ


२ श्रावण २०७९, सोमबार ००:००


पाल्पामा एक जना १३ वर्षीय बालक ३ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा आइतबार पक्राउ परेका छन् । तानसेन नगरपालिका–६, माथिल्लो कुनसरेमा आइतबार बिहान करिब ७ बजेको समयमा करेसोबारीमा ती बालिकालाई जबरजस्ती करणी गर्न लागेको सूचनाका आधारमा प्रहरी चौकी बर्तुङ्गबाट खटिएको प्रहरीले आरोपित बालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्र थापाले प्रेषित गरेको प्रेस नोटमा उल्लेख छ ।

याे पनि पढनुहाेस

सुर्खेतको वीरेन्द्रनगरमा बर्डफ्लु देखिएको छ । स्थानीय एक कृषकले व्यावसायिक रुपमा पालेको टर्की धमाधम मरेपछि नमूना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको पशुपन्छी विकास निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका सूचना अधिकारी कृष्णप्रसाद चपाइँले भने, ‘पशुपन्छी तथा रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको छ । पशु चिकित्सकको टोली सो क्षेत्रमा गएर थप अनुसन्धान गरिरहेको छ ।

उक्त फर्ममा साना ठूला गरी एक हजार ५ सय टर्की छन् । फर्ममा रहेका सबै टर्की प्रक्रियाअनुसार मारेर सुरक्षित रुपमा तिनको व्यवस्थापन गर्ने तयारी भइरहेको उनले बताए ।

चपाइँका अनुसार बर्डफ्लु देखिएको स्थानदेखि चारैतर्फको पाँच सय मिटर दुरीका सबै पंक्षी नष्ट गर्ने तयारी भइरहेको छ ।

प्रकाशित : २ श्रावण २०७९, सोमबार ००:००